राप्रपा महाधिवेशन : मतदान मध्यरातिसम्म हुने – Nepal Press

राप्रपा महाधिवेशन : मतदान मध्यरातिसम्म हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

शनिबार विहान करिब १२ बजेबाट सुरु भएको मतदान मध्यरातिसम्म पुग्ने अनुमान गरिएको छ । विहान ८ बजे नै मतदान सुरु गर्ने भनिएपनि चारघण्टा ढिला गरि सुरु भएको थियो ।

निर्वाचन समितिका एक अधिकारीले मतदान राति ११ बजेसम्म चल्न सक्ने बताए ।

अहिलेसम्म कर्णाली प्रदेशमा ३३९ जम्मा मतदाता रहेकोमा २९६ मत खसिसकेको छ । सुदुरपश्चिम प्रदेशमा ४३५ जम्मा मतदाता रहेकोमा ३५१ मत खसिसकेको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा ६५० जम्मा मतदाता रहेकोमा ४७६ मत, गण्डकी प्रदेशमा ४५२ मतदाता रहेकोमा ३५७ र बागमती प्रदेशमा ९३६ मतदाता रहेकोमा ६३५ मत खसिसकेको छ ।

यसैगरी प्रदेश २ मा ७२६ मतदाता रहेकोमा ४८३ मत खसिसकेको छ । प्रदेश १ मा ८१२ मतदाता रहेकोमा ६२० मत खसिसकेको छ ।

राप्रपामा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । दुबैजनाले पदाधिकारीमा पनि आफ्नो समूह बनाएर निर्वाचनमा गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर