भीम आचार्यले पनि दिए सचिवमा उम्मेदवारी – Nepal Press

भीम आचार्यले पनि दिए सचिवमा उम्मेदवारी

चितवन । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता भीम आचार्यले पनि एमाले सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।

कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

१० बुँदे सम्झौता गरेर एमालेमै रहेका नेता आचार्य यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । सचिवका लागि नेता योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । भट्टराई ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि परेका छन् ।

एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर