पूर्वमाओवादीका तीन भाइ एमालेका पदाधिकारी, सूचीमा नपरेकाको असन्तुष्टि बढ्दो – Nepal Press

पूर्वमाओवादीका तीन भाइ एमालेका पदाधिकारी, सूचीमा नपरेकाको असन्तुष्टि बढ्दो

काठमाडौं । माओवादीबाट एमालेमा आएका तीन भाइले एमालेको पदाधिकारीमा जिम्मेवारी पाएका छन् । एमालेको जारी महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा समेटेका हुन् ।

ओलीले घोषणा गरेको सूचीमा उपाध्यक्षमा बादल, सचिवमा रायमाझी र भट्ट परेका छन् । तर १० बुँदे सहमति गरेर एमालेमै बसेका भीम रावल, घनश्याम भुसाल र भीम आचार्य पदाधिकारीमा परेनन् ।

ओली उक्त घोषणाप्रति रावल र भुसालले आपत्ति जनाएका छन् । अहिले आठ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन प्रक्रियामा रावलले अध्यक्षमा उम्मेदवारी दिने बनाइएको छ । भुसालले पनि उपाध्यक्षको दाबी छाडेका छैनन् ।

सूचीमा नपरेका अन्य पदाधिकारी र सदस्यका आकांक्षीले पनि असन्तुष्टि जनाइरहेका छन् । यसो हुँदा चुनाव हुने सम्भावना प्रबल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर