तपाईलाई बुढ्यौलीतिर धकेलिरहेका पाँच खराब बानी! – Nepal Press

तपाईलाई बुढ्यौलीतिर धकेलिरहेका पाँच खराब बानी!

काठमाडौं । प्रत्येक मानिसका शरीरलाई हानी पुर्‍याउने केही न केही खराब बानीहरू हुन्छन् । त्यस्ता केही खराब बानीले हाम्रो स्वास्थ्यसँगै ‘एजिङ प्रोसेस’लाई पनि छिटो बनाइदिन्छन् । यदि हामीले आफ्नो जीवनशैलीमा ध्यान पुर्‍याउने हो भने एजिङ प्रोसेसलाई सुस्त बनाउन छिटै हुने बुढापाबाट जोगिन सकिन्छ ।

पब्लिक हेल्थ न्यू मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. जगदिश खुबचन्दानीले आम मानिसमा हुने पाँच खराब बानीको बारेमा बताएका छन्, जसले चाँडै बुढापा निम्त्याउँछन् ।

तनाव: कुनै पनि कुरालाई लिएर धेरै चिन्ता लिने मानिस छिट्टै बुढो हुने विज्ञले बताएका छन् । अनावश्यक धेरै चिन्ता दिमागी वा शारिरीक बिरामीको कारणसमेत बन्न सक्ने डा. जगदिशको भनाई छ । त्यसैले लामो समयसम्म जवान रहन चाहनुहुन्छ भने तनाव लिन छाडिदिनुहोस् ।

अनिदो: पर्‍यात निन्द्रा नपुर्‍याउनु पनि एक ठूलो समस्या हो । र, यसको सम्बन्ध तनावसँग पनि हुन्छ । पर्‍याप्त निन्द्राले हामीलाई तनावमुक्त रहन मद्दत गर्छ । र, यसले एजिङ प्रोसेसलाई पनि सुस्त गराउँछ । यद्यपि, धेरै मानिसले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । युवाहरूमा यो समस्या अझ विकराल देखिन्छ, जसो असर भविष्यमा पर्न सक्छ ।

खराब डाइट: तीव्र गतिमा उमेर बढ्नु वा बुढो हुँदै जानुमा खराब डाइट पनि ठूलो कारण हो । डा. जगदिशका अनुसार सोडा, प्रोसेस्ड फुड र फ्याटी खानेकुराहरू हाम्रो आहारको हिस्सा बनेका छन्, जो तीव्र एजिङ प्रोसेसका कारक बन्छन् ।

एक्टिभ नहुनु: व्यायाम नगर्नु र दैनिक जीवनचर्यामा पनि शरीरलाई छरितो नबनाउनुको असर सोझै हाम्रो स्वास्थ्यमा पर्छ । यसबाट युवा पुस्ता झनै ग्रसित छ । विज्ञ मानिस एक्टिभ नहुँदा चाँडै रोगले आक्रमण गर्ने र बुढापा पनि तीव्र गतिमा बढ्ने बताउँछन् ।

धुम्रपान/मद्यपान: तनाव र एन्जाइटीबाट बच्न धेरैले अल्कोहल, तम्बाकु वा ड्रग्सको सहारा लिएका हुन्छन् । यसको प्रयोग युवा पुस्तामा झनै बढ्दो छ ।

यसको धेरै प्रयोगबाट मानिसको मृत्यु पनि हुनसक्छ । तर, त्यसअघि यसको लगातार प्रयोगबाट मानिस छिटै बुढो हुन थाल्छ । यसले दिमागी र शारिरीक समस्या बढाउँदै मानिसको एजिङ प्रोसेसलाई अझै तीव्र बनाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर