नेमेवीको भाइरल पप गीत ‘फ्रजाइल’माथि चीनले लगायो प्रतिबन्ध – Nepal Press

नेमेवीको भाइरल पप गीत ‘फ्रजाइल’माथि चीनले लगायो प्रतिबन्ध

बेइजिङ । चिनियाँ सरकारले नेमेवीको पप गीत ‘फ्रेजाइल’लाई प्रतिबन्ध लगाएको छ । बेइजिङको मजाक बनाइएको यो गीत भाइरल भएको थियो । मजाककै कारण चीनले भने गीतमाथि प्रतिबन्ध लगाएको हो ।

फ्रजाइल गीतमा चीनको राजधानीकै मजाक बनाइएपछि युवा देशभक्तले यसको चर्को विरोध र आलोचना गरेका थिए ।

गीतमा ‘रि-एजुकेसन’, ‘कटन’, ‘इन्सेपरेबल रिलेशनसिप’ जस्ता शब्दहरू प्रयोग भएका छन् । जसले सिन्झियाङदेखि ताइवानसम्मको चीनको सार्वभौमिकतामाथि आँच पुर्‍याएको भन्दै चीनले प्रतिबन्ध लगाएको हो ।

बीबीसीका अनुसार गीतलाई मुख्य भूमी चीनमा प्रतिबन्ध लगाइए पनि यो भिडिओ भने ताइवान, हङकङ, मलेसिया र सिंगापुरमा भाइरल नै छ ।

अक्टोबर १५ मा युट्युबमा सार्वजनिक भएको गीत फ्रजाइल यो समाचार तयार पार्दासम्म ३ करोड २८ लाख ५२ हजारभन्दा धेरै पटक हेरिएको छ ।

भिडिओलाई ८ लाखभन्दा धेरैले लाइक गरेका छन् भने २५ हजारले डिस्लाइक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर