ग्लुमी सन्डे: ६२ वर्ष प्रतिबन्धितमा परेको आत्महत्या दुरुत्साहित गीत – Nepal Press

ग्लुमी सन्डे: ६२ वर्ष प्रतिबन्धितमा परेको आत्महत्या दुरुत्साहित गीत

काठमाडौं । जब कुनै व्यक्ति प्रेममा हुन्छ, उसलाई रोमान्टिक गीतहरु सुन्न मन पर्छ । र, जब कसैको दिल टुट्छ तब त्यो व्यक्तिले ‘स्याड सङ्ग’ मन पराउँछ । कतिपय गीत यस्ता हुन्छन्, जो मानिसले आफू अनुचित वातावरण अनुसार बारम्बार सुन्न चाहन्छन् । कतिपय यस्ता गीत हुन्छन् जुन सुन्दा मानिस कुनै कारण बिना नै दु:खी हुन्छ ।

कुनै यस्तो गीत छ जुन सुनेर मानिस आत्महत्या गर्दथे, यो गीतलाई विश्वमा ‘द हंगेरियन सुसाइड’ गीतको उपाधिसमेत दिइएको छ । यो गीत सुन्दा यति धेरै डर थियो कि यो गीतलाई ६२ वर्षसम्म प्रतिबन्ध लगाइएको थियो । त्यो गीत संगीतकार रेजसो सेरेजको- ग्लुमी सन्डे थियो ।

यो गीतको संगीतकार रेजसो हंगेरियन नागरिक थिए ।उनले सन् १९३३ मा ‘ग्लुमी सन्डे’ वा ‘स्याड सन्डे’ को नाम दिएर उक्त गीत निर्माण गरेका थिए । उनले यो गीतलाई प्रेमसँग जोडेर बनाएका थिए । यो गीतमा यति धेरै पीडा थियो की गीत सुन्ने मानिस रुने गर्थे ।

१७ वर्षीया किशोरीले पानीमा हाम फालेर गरिन् आत्महत्या

गीतमा यति धेरै पीडादायी थियो कि यो गीत सुनेरै धेरैले आत्महत्या गरे । बर्लिनमा ‘ग्लुमी सन्डे’ गीत सुनेपछि आत्महत्याको पहिलो घटना सार्वजनिक भएको थियो । अर्का एक किशोर गीत सुनेर यति दु:खी भए कि उनले आफूमाथि गोलि चलाएका थिए । यस्तै न्यूयोर्कमा एक वृद्धले गीत सुनेर ७ तलाबाट हाम फालेका थिए । हंगेरीमा १७ वर्षीय किशोरीले गीत सुनेपछि पानीमा हाम फालेर आत्महत्या गरेकी थिइन् । १९४१ मा गीतलाई प्रतिबन्ध लगाइएको थियो ।

यो गीत सुनेर लगातार आत्महत्याको घटना सुनिन थाल्यो । त्यसपछि ६२ वर्षसम्म गीतलाई प्रतिबन्ध लगाइएको थियो । यो गीत सुनेपछि पनि कसैले आत्महत्या नगरोस् भनेर फेरि रचना गरियो तर यसपछि पनि आत्महत्याको क्रम रोकिएको छैन । अन्तत: यो गीत सन् १९४१ मा प्रतिबन्ध लगाइयो । तर, गीतमाथिको प्रतिबन्ध सन् २००२ मा हटाइयो । यो गीत अहिले पनि युट्युबमा छ तर यो गीत सुनेपछि मान्छेहरूले किन आत्महत्या गर्थे भन्ने पता लागेको छैन ।

दिल टुटेपछि बनाइएको थियो गीत

यो गीत लेख्ने रेजसो सेरेसको प्रेमिका थिइन् । उनी आफ्नो प्रेमीकालाई धेरै माया गर्थे । अर्कोतर्फ उनी आफ्नो करियर बनाउन सघंर्ष गरिरहेका थिए, तर सफल हुन सकेनन् । उनी राम्रो पियानो बजाएर करियर बनाउन चाहन्थे ।

तर, उनका हरप्रयासहरू असफल भइरहेका थिए । त्यसपछि प्रेमिकाले उनलाई घोका दिइन् । उनले प्रेमीकाबाट घोका पाएपछि उनको मन टुटेको थियो । एक दिन सेरेसले आफ्नी प्रेमिकाको सम्झनामा एउटा गीत लेखेका थिए ।

जुन बिस्तारै यति लोकप्रिय भयो कि यो प्रेममा टुटेका मानिसहरूको मनपर्ने गीत बन्यो । यससँगै गीत सुनेपछि आत्महत्याको शिलशिला पनि सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर