रुकुमपूर्वका तीन पालिकामा पनि एमालेको सर्वसम्मत नेतृत्व चयन – Nepal Press

रुकुमपूर्वका तीन पालिकामा पनि एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । नेकपा एमाले रुकुमपूर्वका तीन स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिव लिलामणि गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देबकोटा र मान बहादुर खड्का उपसचिवमा चयन भएका छन् ।

त्यसैगरी भुमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बिक, उपसचिवमा दिपा सुनार र सिजन कुमार नेपाली चयन भएका हुन ।

पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन भएको एमाले रुकुमपूर्वले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर