डडेल्धुरामा देउवा पक्षले पौडेल पक्षको भेला विथोल्न खोजेपछि झडप, केही घाइते – Nepal Press

डडेल्धुरामा देउवा पक्षले पौडेल पक्षको भेला विथोल्न खोजेपछि झडप, केही घाइते

कैलाली । डडेल्धुरामा नेपाली कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप भएको छ । आइतबार पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम सुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो ।

झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर