असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू) – Nepal Press
असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)
सरोज बैजु २०७८ असोज १७ गते १३:३१
२०७८ असोज १७ गते १३:३१

काठमाडौं । दसैँ, तिहार र छठ नजिकिँदै गर्दा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचोले ‘खुट्टा राख्ने ठाउँ’ सम्म छैन ।

महामारीका कारण लगाइएको लकडाउनको असहजताले सुनसान बनेका यी क्षेत्रमा चाडबाडको किनमेलले बढाएको चलपहलले पुनर्जीवन पाउने आशा व्यापारीहरूको छ । कोरोना जोखिम कायमै रहे पनि भीडभाडमा मास्क नलगाउनेको संख्या उल्लेख्य छ ।

उपत्यका र उपत्यकाबाहिरका व्यापारी चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न न्यूरोड र महाबौद्धका होलसेल बजार धाउन थालेका छन् । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा मानिएको दसैँमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, सजावटका सामग्री, खाद्यान्नलगायतका सामान किन्न ग्राहकको भीड बढेको छ ।