तीज कार्यक्रममा झडप हुँदा कञ्चनपुरमा ७ जना घाइते – Nepal Press

तीज कार्यक्रममा झडप हुँदा कञ्चनपुरमा ७ जना घाइते

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ को भेटघाट शिविरमा झडप हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनालाई थप उपचारको लागि धनगढी ल्याइएको छ । अन्य सामान्य उपचारपछि घर फर्किएका छन् ।
तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बोहराले नेपाल प्रेसलाई बताए । उनका अनुसार कृष्णपुर नगरपालिका-१ का चन्द्रबहादुर धामी, नरेन्द्र भण्डारी, नारायण दमाई र गोविन्द दमाईको टाउकोमा चोट लागेको छ ।

सामान्य घाइते सोही ठाउँका बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री घर फर्किएका छन् ।

कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका-२ का विजय भण्डारी र १ का प्रेम महरालाई पक्राउ गरिएको उनले बताए । अझै केहि फरार रहेको र उनीहरूको खोज कार्य भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर