सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ? – Nepal Press

सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?

एमसीसी झुक्याएर पास गर्न लागेको दावी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे ।

‘चीनसँग सीमा विवाद छैन्,’ ओलीले भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’

ओलीले यो सरकारले भारतसँगको सम्बन्ध पनि तनावग्रस्त पारेको आरोप लगाए।

उनले एमसीसी झुक्याएर पास गर्न लागेको समेत दावी गरे । ‘एमसीसीबारे बोल्दैनन्, भन्दैनन्,’ ओलीले भने, ‘झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर