बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन स्थानमा सडक अवरुद्ध – Nepal Press

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन स्थानमा सडक अवरुद्ध

कैलाली । बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका-६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

धारामा पानी भर्ने बेलामा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले जानकारी दिए ।

अहिले बझाङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

उनका अनुसार जयपृथ्वि नगरपालिका-७ स्थित सुबेडा पातली खोला तामेल भिर, छबिसपाथिभेरा १ को बालुवाटारमा सडक अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *