‘निजामतिका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्नु गलत हो’ – Nepal Press

‘निजामतिका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्नु गलत हो’

काठमाडौं‍ ।  नयाँ आर्थिक वर्षमा निजामति कर्मचारीका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्ने गरी बजेट सहितको व्यवस्था गरिएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले विमति जनाएको छ ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा जारी विज्ञप्तिमा यो शिक्षामा वर्ग विभेद गर्ने आधारशीला भएकाले यसको विरोध गर्नुपर्ने बताइएको छ । ‘यो सामुदायिक विद्यालयलाई निकम्मा बनाउने रणनीतिक चाल पनि हो, यसको सामुहिक विरोध गरौं र सामुदायिक विद्यालयलाई अबल बनाउँन पहल गरौं,’ विज्ञप्तिमा उल्लेख छ ।

सैनिक र प्रहरीका सन्ततिका लागि अलग्गै विद्यालय समेत सञ्चालन हुँदै आएकाले सबै नेपालीका सन्तानले समान ढंगबाट अध्ययन गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यो व्यवस्था यो वर्र्गविभेद तुरुन्त बन्द गर्न आग्रह गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ‘सामुदायिक विद्यालयमा आवश्यक भौतिक पूर्वाधारसमेत छैनन् । शैक्षिक सामग्रीहरूको अभाव खेपिरहनुपरेको छ । विज्ञान प्रयोगशाला समेत छैनन् । तसर्ग, बजेट अन्य क्षेत्रमा प्रतिफल नहुनेगरी छर्नुभन्दा यिनै सामुदायिक विद्यालयलाई सुविधासम्पन्न गर्न शिक्षामा लगानी बढाऔं,’ उनले ज्ञापन पत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *