च्याम्पियन्स लिग क्वाटरफाइनलमा चेल्सी र पीएसजी दुवैको अवे जित – Nepal Press

च्याम्पियन्स लिग क्वाटरफाइनलमा चेल्सी र पीएसजी दुवैको अवे जित

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो खेलमा साविक विजेता बायर्न म्यूनिखले घरेलु मैदानमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनसँग ३–२ गोलअन्तरको पराजय ब्यहोरेको छ ।

स्पेनको सेभियामा खेलाइएको पोर्चुगलको पोर्टो र इंग्ल्याण्डको चेल्सीबीचको खेलमा चेल्सीले पनि २–० को अवे जित हासिल गरेको छ ।

महत्वपूर्ण जितसँगै उनीहरु सेमिफाइनल प्रवेशका लागि एक कदम अगाडि बढेका छन् । क्वाटरफाइनल दोस्रो लेग अर्को साता हुनेछ ।

सन् २०१९÷२० को सिजनमा ६ उपाधि जितेको बार्यन घरेलु मैदानमा पराजित भएपछि दोस्रो लेगमा गुनरागमन कठिन बनेको छ । पीएसजीका लागि केलियन एम्बाप्पेले तेस्रो मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मार्कस कोर्रियाले गोल गरी पीएसजीलाई २–० को अग्रता दिएका थिए । पीएसजीका दुवै गोलमा नेइमारको पास थियो ।

३७ औं मिनेटमा म्याक्सिम चोउपो मोटिङले गोल गरेपछि पहिलो हाफमा २–१ को स्थितिमा पुग्यो । ६० औं मिनेटमा थोमस मुलरले गोल गरी खेल बराबरीमा ल्याएका थिए । तर ६८ औं मिनेटमा एम्बाप्पेले एंगेल डी मारियाको पासमा गोल गरी टिमलाई महत्वपूर्ण जित दिलाए । पीएसजी इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ ।

अर्को खेलमा चेल्सीले पोर्टोमाथि सहज जित हासिल गर्‍यो । सन् २०१२ को उपाधि विजेता चेल्सी नयाँ प्रशिक्षकको रुपमा थोमस टचेलको आगमनसँगै शशक्त देखिएको छ । इंग्लिस प्रिमियर लिगमा पनि उसले लगातार खेलहरु जितिरहेको छ ।

चेल्सीले पहिलो हाफमा ३२ औं मिनेटमा मासोन माउण्टको गोलमार्फत अग्रता बनाएको थियो । उनले जोर्जिन्होको पासलाई सदुपयोग गरेका थिए ।

खेलमा नियमित समय सकिनु ५ मिनेटअघि बेन चिलवेलले अर्को अवे गोल गरे र चेल्सी २–० को विजयी रह्यो । अर्को साता स्टाम्फोर्ट ब्रिजमा कम्तिमा बराबरीको नतिजाले मात्र पनि चेल्सी सेमिफाइनलमा पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर