६० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

६० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । सरकारले ६० शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालय बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनबाट उपसचिवमा बढुवाका लागि ६० जनाको नाम सिफारिस गरेको हो ।

बढुवा समितिको सचिवालयका अनुसार राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५, लेखा समूहमा ८ र राजश्व समूहमा ७ उपसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

समितिले शनिबार सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरेको छ । कसैले उजुरी नगरे ६४ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।

सामान्य प्रशासन सेवा समूहमा बढुवा सिफारिस भएका ४५ जना

लेखा समूहमा बढुवा सिफारिस भएका ८ जना

राजश्व समूहमा बढुवा सिफारिस भएका ७ जना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *