२३ वर्षमा ११ बच्चाकी आमा बनिन् क्रिस्टिना, १०५ बच्चाको लक्ष्य ! – Nepal Press

२३ वर्षमा ११ बच्चाकी आमा बनिन् क्रिस्टिना, १०५ बच्चाको लक्ष्य !

मस्को । रुसकी क्रिस्टिना ओज्टर्क २३ वर्षको उमेरमा ११ बच्चाकी आमा बनेकी छिन् । पहिलो बच्चाको डेलिभरी १७ वर्षको उमेरमा भएको थियो । पछिल्लो १० महिनामा सरोगेसी विधिबाट उनले १० बच्चालाई जन्म दिइन् ।

क्रिस्टिनाका पति ग्यालिप ओज्टर्कले १०५ बच्चा जन्माउने आफूहरुको लक्ष्य रहेको बताए । क्रिस्टिनालाई कति बच्चा जन्माउने भन्ने कुराको मतलब छैन, उनीहरुको परिवार योजना १० भन्दा बढी बच्चाको लागि पनि हुनेछ ।

क्रिस्टिना मस्को निवासी हुन् भने उनका पति ग्यालिप ब्यापारी हुन् । सरोगेसीको माध्यमबाट कति बच्चा जन्माउन सकिन्छ भनेर आफूहरुले जान्न चाहेको पनि क्रिस्टिनाले बताइन् । सरोगेसीबाट जन्मिएको उनीहरुको पहिलो बच्चा मुस्तफा थिए ।

क्रिस्टिनाका अनुसार सबै बच्चाको स्याहारसुसारका लागि अलग अलग डायरी बनाइएको छ । साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म यो प्रक्रिया चल्छ । यी बच्चाको हेरचाहमा खटिने नानी चाहिँ दैनिक बच्चाको स्याहारलाई लिएर डायरीमा नोट उतार्छिन् ।

क्रिस्टिना सिंगल मदर थिइन् । ६ वर्ष पहिले उनले छोरीलाई जन्म दिइन् । केही वर्षपछि बिदा मनाउन उनी जर्जिया गइन् । यस भ्रमणमा उनको भेट ग्यालिपसँग भयो र प्रेम बस्यो । ग्यालिपका अनुसार क्रिस्टिना हाँसिरहने र लजालु स्वभावकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर