सरकारको ‘दबाब’ छल्दै पुटिनको अन्तर्वार्ता लिन मस्को पुगे अमेरिकी पत्रकार – Nepal Press

सरकारको ‘दबाब’ छल्दै पुटिनको अन्तर्वार्ता लिन मस्को पुगे अमेरिकी पत्रकार

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको अन्तर्वार्ता लिन अमेरिकी पत्रकार टकर कार्ल्सन मस्को पुगेका छन् । टर्की हुँदै उनी मस्को पुगेका हुन ।

रुस- युक्रेन युद्ध भएपछि कुनै पश्चिमा मिडियामा पुटिनको अन्तर्वार्ता आएको छैन । रुसी सरकारी विश्व च्यानल आरटी धेरै पश्चिमा देशमा प्रतिबन्धित छ । रुसी न्यारेटिभ निषेध भएको बेला काल्सन मस्को पुगेका हुन ।

उनले आफ्नो आगामी अन्तर्वार्ता पश्चिमा मिडियामा निषेध हुनसक्ने भन्दै एक्स (ट्विटर) र आफ्नो आधिकारिक वेबसाइटमा भने बिना पैसा हेर्न सकिने बताएका छन् ।

एक्समा ४ मिनेट २८ सेकेन्ड लामो भिडियो राख्दै उनले बाइडेन सत्ताले आफ्नो टेक्स्ट म्यासेज मिडिया ‘दाश’ लाई लिक गरेर पहिले नि पुटिन अन्तर्वार्ता रोक्न खोजेको आरोप लाएका छन् ।

एक अमेरिकीको रूपमा पुटिनको अन्तर्वार्ता लिनु ‘पुटिनको मायाले’ होइन ‘अमेरिकी मायाले’ भएको उनले दाबी गरेका छन् ।

रुस- युक्रेन युद्ध पछि ‘युद्ध चर्काउने’ उद्देश्यको मात्र अन्तर्वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मात्र आएको तर पुटिनको नआएको भन्दै काल्सनले अमेरिकीको सूचनाको हक जन्मसिद्ध हक भएको र त्यो हक ह्वाइट हाउसमा जो भए पनि फरक नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तर्वार्ता हेरेर के कसो हो बुझ्न अमेरिकीहरू आफै सक्षम छन् । राष्ट्रपति चुनाव हुने दौरानमा र युक्रेन युद्धमा अमेरिकी करदाताको पैसा कतिन्जेल राख्ने भन्ने बहस भएकै समयमा आउन लागेको पुटिन अन्तर्वार्ताले धेरै अर्थ राख्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर