अमेरिकाले चीनको कोभिड खोप विरोधमा अभियान चलाएको पुष्टि – Nepal Press

अमेरिकाले चीनको कोभिड खोप विरोधमा अभियान चलाएको पुष्टि

काठमाडौँ । कोभिड कालमा चिनियाँ कोभिड खोपको विरोधमा अमेरिकी सेनाले अभियान चलाएको पुष्टि भएको छ । अलजजिराका अनुसार बेलायती समाचार एजेन्सी रोयटर्सले गरेको एक अनुसन्धानले यस्तो पुष्टि गरेको हो ।

अमेरिकी सेनाले फिलिपिन्समा चीनको बढ्दो प्रभाव भएको भन्दै त्यसको विरोधमा यस्तो अभियान चलाएको पाइएकोे हो ।

फिलिपिनो जस्तो देखाइएका इन्टरनेट अकाउन्टहरु बनाएर अमेरिकी सेनाले चिनियाँ मास्क, औषधी किट र सिनो भ्याक खोपको निन्दा गर्ने अभियान चलाएका थिए । चीनले दिएको जीवन बचाउने खोपको सुरक्षा र प्रभावकारिता अनि विश्वस्नियतामा प्रश्न खडा गर्ने अमेरिकी सेनाको अभिायनको उदेश्य  रहेको पाइएको शुक्रबार सार्ववजनिक गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

३०० वटा फेक अकाउन्टबाट सामाजिक संजालमा यस्तो गरिएको पाइएको छ । चीन भाइरस हो भन्ने ह्यासट्याग चलाएर यस्तो गरिएको पाइएको हो । ती अकाउन्टका पोस्टबारेमा सामाजिक संजाल एक्सलाई रोयटर्सलो सोध्दा ती अकाउन्ट नियोजित रुपमा बनाइएका बोट अकाउन्ट भएको भन्दै उसले हटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *