टेलिकमले ल्यायो ‘विन्टर अफर २०८०’ – Nepal Press

टेलिकमले ल्यायो ‘विन्टर अफर २०८०’

काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ अफर ल्याएको छ । टेलिकमले पुस २७ गते शुक्रबारदेखि लागू हुने गरी ‘विन्टर अफर २०८०’ ल्याएको हो ।

विन्टर अफरमा १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२ सय एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपेयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ ।

त्यस्तै, स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा र १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । भने, २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

त्यसैगरी, यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत यो अफर उपलब्ध हुनेछ ।

यसका साथै नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने जनााइएको छ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले ‘एस्टरिक १४१५ स्टार १ ह्यासट्याक’ डायल गरेर अथवा ‘नेपाल टेलिकम’ एपबाट पनि जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर