अमरेशसिंहको दाबी- शिक्षा मन्त्रालयलाई घुस खुवाएर व्यवस्थापन समिति लादिएको हो (भिडिओ) – Nepal Press

अमरेशसिंहको दाबी- शिक्षा मन्त्रालयलाई घुस खुवाएर व्यवस्थापन समिति लादिएको हो (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा शिक्षा विधेयकमाथि बोल्ने क्रममा उनले आज सबै शिक्षकहरूलाई दलको झोले बनाइएको टिप्पणी गरे ।

उनले भने, ‘शिक्षक सेवा आयोग बनेको छ त्यहाँबाट परीक्षा लिइँदैन। जबसम्म व्यवस्थापन समिति खारेज हुँदैन विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एनजीओकरण गराएर, व्यवस्थापन समितिको कुनै आवश्यकता छैन। आफ्नो श्रीमती, भतिजा, छोरीलगायत आफ्नोलाई बिना परीक्षा नियुक्ति गर्नलाई त्यही भएको छ।

व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु नै गलत भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर