सुर्खेतमा इनार सफा गर्ने क्रममा दुईको मृत्यु – Nepal Press

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुईको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका- ११ मा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर- ११ पिपिरा का ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मीप्रसाद कँडेल छन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा सोमबार दिउँसो उनीहरुको निसासिएर मृत्यु भएको जानकारी दिए ।

अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरुलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि बचाउन नसकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर