रुसी सेनामा नेपाली युवा भर्तीबारे बोल्यो परराष्ट्र मन्त्रालय : युद्धग्रस्त मुलुकका सुरक्षासम्बन्धी काममा नजान आग्रह
‘सम्झौता गरिएका बाहेक मुलुकको सेनामा भर्ना हुन अनुमति दिने संयन्त्र छैन’


काठमाडौं । परराष्ट्र मन्त्रालयले सम्झौता अन्तर्गत बाहेकका देशका राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने कुनै पनि निकाय नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युद्धग्रस्त देशहरुमा नजान सचेत गराएको हो । पछिल्लो समयमा रुस युद्धमामा नेपालीहरु गइरहेको सूचनाहरुलाई संकेत गर्दै मन्त्रलायले आज जारी गरेको विज्ञप्तीमा परम्परागत रुपमा सम्झौता भएका देशहरुमा बाहेक अन्त नजान आग्रह गरेको छ ।
मन्त्रालयले परम्परागत सम्झौता भएका देश भन्नाले बेलायत र भारतलाई संकेत गरेको हो । मन्त्रालयको सूचनामा भनिएको छ, ‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षा सम्बन्धी काममा नजानुहुन अनुरोध गरिन्छ । यस्ता गतिविधिमा संलग्न हुँदा आएपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ ।’
नेपाल प्रेसले सबैभन्दा पहिलोपटक रुसी फौजमा नेपालीहरु भर्ना भएको समाचार प्रकाशन गरेको छ । देशी विदेशी संचारमाध्यमहरु देखी सदनमा प्रधानमन्त्रीलाई नै प्रश्न गरिएको रुसी फौज मुद्धामा सरकारले किटान गरेर भने अहिलेसम्म बोलेको छैन । संकेतमा मात्रै बोलिरहेको छ ।
याे पनि पढ्नुस् :
रुसी फौजमा जोडिएका नेपाली युवा भन्छन्- यहाँ भारतीय र पाकिस्तानी पनि छन्
रुसी फौजमा जोडिएका नेपालीको आग्रह: ‘सोचे जस्तो छैन, अप्लाइ नगर्दा हुन्छ’ (भिडिओ)
दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)