वान एक्स बेट कारोबार गरेको आरोपमा ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ – Nepal Press

वान एक्स बेट कारोबार गरेको आरोपमा ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूको बारेमा औपचारिक जानकारी गराएको छैन । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।

नेपाल प्रेसले २ वर्षअघि नै अवैध वान एक्स बेटमा बल्छी ध्रबेलगायतको संलग्नता प्रमाणसहित खुलासा गरेको थियो ।

यो पनि पढ्नुहाेस्:

वान् एक्स बेटको जालमा कसरी परे बल्छी धुर्वे ? सरकार भन्छ– कारवाही गर्छौं

वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर