गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत (भिडिओ) – Nepal Press

गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत (भिडिओ)

पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वत: पदमुक्त भएका छन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

उनले आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका थिए। उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि उनले विश्वासको मत पाउन सकेन् ।


प्रतिक्रिया

One thought on “गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत (भिडिओ)

  1. दिल्लीको एजेण्ट बन्न तयार नहुँदा दिल्लीका एजेण्टहरू एक ठाउँमा आएर सरकार ढलाए । खगराज सरकारले दुरगामी महत्वका कामहरू गरेका छन् । कसैसँग झुकेनन । बधाई अनि धन्यवाद खगराज सरकार । अब लुटेराहरूबाट प्रदेश बचाउने काममा सक्रिय हुनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर