चीनले बनायो ‘रिमोट किसिङ डिभाइस’ (भिडिओ) – Nepal Press

चीनले बनायो ‘रिमोट किसिङ डिभाइस’ (भिडिओ)

हजारौं मिल टाढा रहेर पनि वास्तविक चुम्बनको अनुभूति गर्न सकिने दाबी

काठमाडौं । चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ ।

रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ ।

ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ ।

यो डिभाइस प्रयोग गर्न प्रयोगकर्ताहरूले मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण घुसाएर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् र एपमार्फत आफ्ना साझेदारहरूसँग साझेदारी गरेपछि एकअर्कालाई आफ्नो स्मुचका प्रतिलिपिहरू पठाउन सकिन्छ ।

उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर