कैलाली ५(१) मा माओवादीका धामी विजयी – Nepal Press

कैलाली ५(१) मा माओवादीका धामी विजयी

कैलाली । कैलाली ५ को १ प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका रमेश धामी ९ हजार ३८७ मत ल्याएर विजयी भएका छन् । एमालेका नेपालु चौधरीलाई हराउँदै धामी प्रदेश सभामा विजयी भएका हुन् । चौधरीले ९ हजार २६२ मत प्राप्त गरेका थिए । यस्तै नागरिक उन्मुक्तिका श्रीराम चौधरीले ७ हजार ८६४ मत पाए ।

अहिले प्रदेश सभामा विजयी भएका धामी अघिल्लो पटक प्रदेश सभा २ बाट निर्वाचनमा होमिएका थिए । त्यो बेला कांग्रेसका डिल्ली राज पन्तसँग धामी पराजित भएका थिए , अहिले पन्त प्रतिनिधि सभामा विजयी हुँदा धामी प्रदेश सभामा विजयी भएका हुन् ।

अघिल्लो पटकका विजयी चौधरीलाई धामीले १२३ मतले पराजित गरेका हुन् ।यस अघि प्रदेश सभा २ मा कांग्रेसका प्रकाश देउवा र प्रतिनिधि सभामा काङ्ग्रेसकै डिल्ली राज पन्त विजयी भएको घोषणा भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर