आजबाट सुरु हुन लागेको विश्वकपबारे जान्नुहोस् यी रोचक तथ्य – Nepal Press

आजबाट सुरु हुन लागेको विश्वकपबारे जान्नुहोस् यी रोचक तथ्य

काठमाडौं। विश्वकप फुटबलको २२ औँ संस्करण आज आइतबारदेखि कतारमा सुरु हुँदैछ। दोस्रोपटक एसियाली राष्ट्रले आयोजना गर्न लागेको यो विश्वकपमा विश्वभरका ३२ टोली सहभागी हुँदैछन्।

एसियाबाट ६, युरोपबाट १३, अफ्रिकाबाट ५, दक्षिण अमेरिकाबाट ४ र मध्य तथा उत्तर अमेरिकाबाट ४ टोली सहभागी हुनेछन्। विश्वकपमा यति धेरै एसियाली राष्ट्रले एकैपटक यसअघि विश्वकप खेलेका थिएनन्। विश्वकप इतिहासमै पहिलोपटक यो प्रतियोगिता विन्टरमा हुँदै छ।

कतारमा अत्यधिक गर्मि हुने कारण प्रतियोगिता विन्टरमा गर्न लागिएको हो। विन्टरमा गर्न लागिएपनि यसपटक विश्वकपका सबै खेलहरु पूर्ण एयर कन्डिसन रंगशालामा संचालन हुँदैछन्।

इतिहासमा यसअघि विश्वकपका सम्पूर्ण खेलहरु पूर्ण एयर कन्डिसन रंगशालामा आयोजना भएका थिएनन्। कतार विश्वकपमा प्रयोग हुने ८ मध्ये ७ रंगशाला यहि प्रतियोगिताका लागि भनेर निर्माण गरिएका हुन्।

कतार यसअघि विश्वकप नखेलि प्रतियोगिता आयोजना गर्ने पहिलो राष्ट्र रहेको छ। कतार आयोजकका रुपमा सोझै छनोट भएको हो।
यसपटकको विश्वकपमा पहिलोपटक यो प्रतियोगिता खेल्न लागेको कतार एक मात्र राष्ट्र हो। यस्तै यो प्रतियोगिता खेल्ने ८० औँ राष्ट्र पनि बन्दै छ। यस्तै विश्वकप आयोजना गर्ने भौगोलिक हिसाबले इतिहासकै सबैभन्दा सानो देश पनि बन्दै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर