कण्डमको लत : ‘नसा’ प्राप्त गर्ने अनौठो काइदा, स्वास्थ्यमा यस्ता छन् बेफाइदा – Nepal Press

कण्डमको लत : ‘नसा’ प्राप्त गर्ने अनौठो काइदा, स्वास्थ्यमा यस्ता छन् बेफाइदा

काठमाडौं । सामान्यतय कुनै पनि ठाउँमा कण्डमको माग बढ्नुलाई मानिसहरु यौनजन्य रोग, अनावश्यक गर्भ आदिको बारेमा बढि सचेत हुन थालेछन् भनेर लिन सकिन्छ । यद्यपी भारतको पश्चिम बेङ्गोलको हकमा भने यो लागु हुँदैन ।

‘टाइम्स अफ इण्डिया’ को एक रिपोर्टअनुसार पछिल्लो समय पश्चिम बेङ्गोलको दुर्गापुरमा कण्डमको माग अत्याधिक बढेको छ तर उक्त कण्डम गर्भनिरोधकको रुपमा प्रयोग नभई लागु औषध जसरी प्रयोग भइरहेको छ । मिडिया रिपोर्टका अनुसार उक्त प्रायोजनका लागि कण्डम किन्नेहरु अधिकांश विद्यार्थी रहेका छन् ।

‘पहिला दिनको ३–४ गोटा कण्डम बिक्री हुन्थ्यो अहिले कैंयौं प्याकेट बिक्री हुन्छ’, दुर्गापुरका एक व्यपारीलाई उदृत गर्दै टिओआईले लेखेको छ । दुर्गापुरका दुर्गापुर सिटी सेन्टर, विधाननगर, बेनाचिती , मुचिपारा, सी जोन, ए जोनलगायतका क्षेत्रमा ‘फ्लेभर्ड’ (बास्नायुक्त) कण्डमको माग ह्वात्तै बढेको हो ।

कण्डमलाई तातो पानीमा लामो समयसम्म भिजाउँदा यसका ‘अर्ग्यानिक मोलिक्युल ब्रेक’ भई ‘अल्कोहोलिक कम्पाउन्ड’ बन्ने हुँदा सो पानी पिएमा मानिसलाई नसा लाग्ने जानाकारहरु बताउँछन् । कण्डमलाई सुगन्धित बनाउन प्रयोग गरिने पदार्थले गर्दा त्यस्तो नसा लाग्ने बताइन्छ । उक्त फ्लेभर र डेनड्राइडको मादक तत्व एउटै हो ।

स्वास्थ्यमा कस्तो असर गर्छ ?

नियमित रूपमा यसको प्रयोग गर्नाले छाती दुख्ने, काँप्ने, चिसो लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता विभिन्न जटिलताहरू देखा पर्न सक्छन् । यसबाहेक यसले मानसिक स्वास्थ्यमा ठूलो समस्या पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर