भलिबल संघको निर्वाचन भदौ २२ गते हुने – Nepal Press

भलिबल संघको निर्वाचन भदौ २२ गते हुने

काठमाडौं । नयाँ कार्यसमितिका लागि भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते हुने भएको छ ।

बिहीबार भक्तपुरको एक रेस्टुरेन्टमा बसेको भलिबल संघको पूर्ण बैठकले भदौ २२ गते काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको संघकी सदस्य रिता कोइरालाले जानकारी दिइन् ।

विगत दुई वर्षदेखि कार्यकाल सकिए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

निर्वाचनमा जिल्ला संघबाट एकजना प्रतिनिधि र प्रदेशबाट दुई जना गरी कुल १ सय ३३ जनाले माताधिकार पाउनेछन् ।

यस्तै, आजको बैठकले वागमती प्रदेशको विवादित विषय टुंग्याउन उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानविन समिति बनाएको छ । जसले तीन दिनभित्र प्रतिवेदन तयार पारेर बुझाउनु पर्नेछ ।

यसअघि, वाग्मती प्रदेशको अध्यक्ष पदमा हुने निर्वाचनका लागि दावेदारी दिएका मदन केसी र दिपक श्रेष्ठबीच समन्वय हुन नसक्दा निर्वाचन रोकिएको थियो ।

जसका कारण वाग्मती प्रदेशका संयोजक कुमारराज सुवेदी लगायतको टिमले निर्वाचन गराउन नसकेको कुरालाई लिएर भलिबल संघमा प्रतिवेदन बुझाएको थियो ।

यस्तै, आजको बैठकले आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिवल लिगमा अनुशासनहिन कार्य गरेका हेल्प नेपालका दुई भारतीय खेलाडीलाई एक वर्ष निलम्बन र क्लबका प्रशिक्षकलाई स्पष्टिकरण माग गरेको छ ।

‘हामीले पोखरामा बेसेको पहिलो पूर्ण बैठकबाट महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा अनुसासन कमिटि गठन गरेका थियौं । त्यही कमिटिले आजको बैठकमा पेस गरेका प्रतिवेदनलाई हामीले सर्वसम्मत पारित गर्यौँ,’ संघकी उपाध्यक्ष निरोज मास्केले नेपाल प्रेससँग भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *