ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन – Nepal Press

ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष अध्यक्ष जयप्रकाश चौधरीको निधन भएको छ ।

गत माघ १० गते अचानक बेहोस भई लडेर अचेत भएका चौधरीको उपचारका क्रममा निधन भएको हो । उनको आज दाहसंस्कार गरिँदै छ ।

ब्रेन ह्यामरेज भएका चौधरीको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचार कै क्रममा निधन भएका चौधरी नेपाली काङ्ग्रेसका तर्फबाट विजयी भएका थिए ।

२०२४ सालमा जन्मिएका चौधरी सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनी मोरङको तत्कालीन मोतीपुर गाविसको अध्यक्ष २०४९ सालमा निर्वाचित भएका थिए । २०७९को स्थानीय चुनावमा पालिका अध्यक्षमा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर