भारतीय गायिका अल्का याग्निकको न्यूरो संक्रमणका कारण गुम्यो सुन्ने क्षमता – Nepal Press

भारतीय गायिका अल्का याग्निकको न्यूरो संक्रमणका कारण गुम्यो सुन्ने क्षमता

काठमाडौं । भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ किसिमको न्यूरो संक्रमण भएको छ । जसका कारण उनको सुन्ने क्षमता गुमेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।

उनले आफू लामो समयदेखि निष्क्रिय रहनुको कारण पनि यही रहेको बताएकी छन् । उनले आफूले आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिन भनेर पोस्ट गरेको उल्लेख गरेकी छन् । उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् ।

त्यस्तै, उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत संगीत नसुन्न पनि सजग गराएकी छन् ।

करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।

यस्ताे छ उनकाे पाेस्ट:

 

View this post on Instagram

 

A post shared by Alka Yagnik (@therealalkayagnik)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *