खाने होइन सुन छर्केकाे फ्रेन्च फ्राइज ? – Nepal Press

खाने होइन सुन छर्केकाे फ्रेन्च फ्राइज ?

न्यूयोर्क । फास्टफुडको राजा भनिने ‘फ्रेन्च फ्राइज’को नाम जिब्रोमा आउँदा सबैको मुखमा पानी आउन थाल्छ । आलुबाट बनेको यो परिकारलाई अमेरिकाको एक रेष्टुरेन्टले विशेष बनाएको छ ।

न्युयोर्कको एक रेष्टुरेन्टमा ‘क्रेम डे ला क्रेम पोम्मे फ्राइट्स’ नामको फ्रेन्च फ्राइज विश्वकै महँगो फ्रेन्च फ्राइज हो । यहाँ फ्रेन्च फ्राइज एक प्लेटको मूल्य २०० डलर पर्छ । मूल्यका कारण यो फ्रेन्च फ्राइजले सन् २०२१ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

सुन छर्केर बनाइन्छ फ्रेन्च फ्राइज

गिनिज बुक वर्ल्ड रेकर्डको रिपोर्टअनुसार न्यूयोर्कको सेरेन्डिप्टी ३ रेष्टुरेन्टमा काम गर्ने शेफद्वय जो र फ्रेडरिकले विश्वकै सबैभन्दा महँगो फ्रेन्च फ्राइज बनाएका छन् ।

यो बनाउन उच्च गुणस्तरको आलु प्रयोग गरिन्छ । त्यस्तै भिन्टेज २००६ शैम्पेन, जे ले ब्ल्याङ्क फ्रेन्च शैम्पेन भिनेगर, ट्रफल नून, ट्रफल तेल, विशेष चीज, बटरका साथै २३ क्यारेटको खाद्य सुनको डस्टिङ पनि हालिन्छ । यसमा जर्सी गाईको ग्रास फेड क्रीम प्रयोग गरिन्छ । यस्ता विशेष र महँगो सामग्री प्रयोग गरेर फ्रेन्च फ्राइज तयार हुन्छ । यो फ्रेन्च फ्राइज मोर्ने सससँग सर्भ गरिन्छ ।

यो परिकार महँगो भएकाले त्यसलाई सर्भ गर्ने विधि पनि उत्तिकै विशेष छ । यो साधारण प्लेटमा सर्भ गरिँदैन, बेकाराट क्रिस्टल अरेबेस्क प्लेटमा सर्भ गरिन्छ ।

न्युयोर्कको यो प्रसिद्ध रेष्टुरेन्टले विगतमा पनि यस्ता धेरै परिकार बनाएको छ, जसले नयाँ कीर्तिमान बनाएर विश्वलाई चकित पारेको छ । सेरेनडिप्टी ३ रेष्टुरेन्टमा ‘फ्रोजेन हौटे चोकोलेट आइसक्रिम सुन्दए’ नामको आइसक्रिम बनाइएको थियो । जसको मूल्य उनले २५ हजार डलर अर्थात करिब ३१ लाख नेपाली रुपैयाँ रहेको छ ।

यस्तै विश्वको सबैभन्दा प्रसिद्ध अर्गानिक लुइसको पिज्जा जुन तीन दिन लगाएर बनाइएको थियो। अमेरिकामा पाइने यो पिज्जाको टपिङ निकै विशेष छ । प्रसिद्ध अर्गानिक बफेलो मोजारेला चीज यसको टपिङमा प्रयोग गरिन्छ । यसमा प्रयोग हुने जडीबुटी पनि निकै महँगो र विशेष छन् । यो पिज्जाको मूल्य १२ हजार अमेरिकी डलर अर्थात करिब १५ लाख नेपाली रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर