महिला प्रेग्नेन्ट हो वा होइन अब भ्यागुताले पत्ता लगाउने ! – Nepal Press

महिला प्रेग्नेन्ट हो वा होइन अब भ्यागुताले पत्ता लगाउने !

काठमाडौं । वर्तमान समयमा कुनै पनि महिला गर्भवती छन् वा छैनन् भन्ने पत्ता लगाउने अनेकौँ विधि तथा माध्यमहरूको विकास भइसकेको छ ।

विज्ञान तथा प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भएका अनेकन् खोजको कारण हाल गर्भधारणको निधो गर्न गाह्रो छैन । तर यस किसिमका प्रविधिको विकास भई नसक्दा महिलाहरूले आफू गर्भवती छु वा छैन भन्ने कुरा कसरी परीक्षण गर्थे होला ? यसको उत्तर हो भ्यागुता मार्फत । हो ! सुन्दा धेरैलाई अचम्म लाग्छ तर सन् १९३० को दशकमा गर्भ परीक्षण गर्नका निमित्त भ्यागुताको प्रयोग हुने गर्थ्यो वा भनौँ भ्यागुताले भन्थ्यो कुनै पनि महिला गर्भवती छन् वा छैनन् ।

जर्मनीका सोधकर्ता स्लेमर अस्चिम र ब्रनहार्ड जोन्डेकले सर्वप्रथम यो गर्भ परीक्षणको यो माध्यम पत्ता लगाएका थिए । ए जी विधि भनेर नामकरण गरिएको उक्त परीक्षण विधिमा महिलाको पिसाबलाई सुई मार्फत पोथी अफ्रिकन क्लड भ्यागुतामा पुर्‍याइन्थ्यो । यस्तो गरेको ८ देखि १२ घण्टामा उक्त भ्यागुताले अण्डा पारेको अवस्थामा महिला गर्भवती मानिन्थ्यो । उक्त परीक्षण सोही प्रजातिको भाले भ्यागुतामा पनि प्रभावकारी मानिन्थ्यो फरक यति हो भाले भ्यागुताले सोही समयमा वीर्य उत्पादन गर्नुपर्थ्यो ।

गर्भवती महिलाको पिसाबमा पाइने एचसीजी नामक हर्मोनको कारण भ्यागुतामा सो असर देखा पर्ने हुँदा यो परीक्षण वैज्ञानिक हिसाबले प्रभावकारी नै मानिन्छ । यो परीक्षणका लागि भ्यागुता भन्दा पहिला मुसाको प्रयोग हुने गर्थ्यो जसमा महिलाको पिसाबलाई मुसामा पुराए पश्चात मुसाको अण्डाशय फुलेको छ कि छैन भन्ने परीक्षण हुन्थ्यो ।

मुसा हुँदै भ्यागुतामा आएको यो विधिपछि खरायोमा पनि अपनाउँदा खरायोमा गरिएको परीक्षण ९८ प्रतिशत प्रभावकारी भएको पत्ता लागेको थियो ।

वर्तमान समयमा पनि पिसाब मार्फत गरिने अधिकांश गर्भ जाँचमा एचसीजी हर्मोन कै परीक्षण हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर