५७ लाख पर्ने संसारकै महंगो सिरानी, के छन् विशेषता ? – Nepal Press

५७ लाख पर्ने संसारकै महंगो सिरानी, के छन् विशेषता ?

काठमाडौं । तपाईं हामीले दैनिक प्रयोग गर्ने सिरानीको मूल्य कति होला ? धेरै भए पनि हजारको लाइनमा हामीले दैनिक प्रयोग गर्न सकिने सिरानी सजिलै प्राप्त गर्न सक्छौ ।

यस्तोमा हामीलाई कसैले एउटा सिरानीको मूल्य ५७ लाख पर्छ भनेर सुनायो भने त्यो हाम्रा लागि अपाच्य लाग्न सक्छ तर यो साँचो हो । नेदरल्याण्डका एक जना फिजियो थेरापिस्ट थिज्स भेनन्डर हिल्स्टले तयार पारेको एक विशेष सिरानीको मूल्य नेपाली ५७ लाखको हाराहारी पर्छ ।

उक्त सिरानीमा हिरा मोती र २४ क्यारेट सुन जडित रहेको बताइएको छ भने सो सिरानीमा प्रयोग हुने ‘फ्याब्रिक्स’ पनि सबै भन्दा उच्च गुणस्तरको रहेको बताइन्छ । यो सिरानीसँगै प्रत्येक खरिदकर्ताले एक ‘थ्री–डी’ स्क्यानर प्राप्त गर्छन् जसले प्रयोगकर्ताको घाँटी, टाउको र काँधहरूको मापन गर्छ ।

त्यसपछि, परिष्कृत रोबोटिक मेसिन मिलमार्फत यो सिरानी डच मेमोरी फोमले भरिन्छ जुन प्रयोगकर्ताको टाउकाको आकार अनुरूप हुन्छ। यो सिरानीलाई एक विशेष किसिमको बक्समा प्याक गरेर मात्र ग्राहक कहाँ पुर्याउने गरिन्छ । सिरानीका डिजाइनर हिल्स्टका अनुसार यो सिरानी इन्सोमेनिया (निन्द्रा नलाग्ने रोग) का बिरामीको लागी प्रभावकारी हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर