भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा – Nepal Press

भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा

काठमाडौं । भारतका सामाजिक संजालमा हाल एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा एक दम्पत्ती भिख मागिरहेको देख्न सकिन्छ ।

बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ । उनिहरुका अनुसार अस्पातलका कर्मचारीले छोराको शव बुझ्नका निमित्त चर्को घुस मागे पस्चात उनीहरु त्यस्तो अव्स्थामा आएका हुन् ।

भिडिओमा देखिएका दम्पत्ती महेश ठाकुर र उनकी पत्नीले संचार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्‍यु भइसकेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए ।

शव बुझ्न जादाँ अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ। उनिहरुलाई आफ्नो छोराको मृत्‍युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै आम मानिसले चर्को आलोचना गरिरहेका छन् भने अस्पातलले यस् विषयमा छानिबिन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर