किशोर मारेको अभियोगमा साँढे हिरासतमा ! – Nepal Press

किशोर मारेको अभियोगमा साँढे हिरासतमा !

काठमाडौं । दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र मालिकलाई हिरासतमा लिएको छ ।
इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हानेको थियो । साँढेको सिङको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले भने, ‘साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ । किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ । ’

सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छ । तर, अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर