खोटाङमा बाजी, बालेनले चुनाव जिते २८ किलोको खसी दिने ! – Nepal Press

खोटाङमा बाजी, बालेनले चुनाव जिते २८ किलोको खसी दिने !

काठमाडौं महानगरको चुनावी रौनक यतिबेला देशको दुरदराजसम्म पुगेको छ । हालसम्मको मतगणनामा अग्रता लिइरहेका बालेन साहले चुनाव जित्छन् कि जित्दैनन् भनेर कौतुहल बोकिरहेका छन् देशभरका जनता ।

यही मेसोमा खोटाङका दुई युवाले बालेनका नाममा बाजी नै ठोकेका छन् । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–५ बस्ने विजय फुयाल र सो वडामा बस्ने रमेश खड्काले बाजी ठोकेको लिखित कागज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कागजअनुसार बालेनले चुनाव जितेको खण्डमा रमेशले विजयलाई २८ किलोको खसी दिनेछन् । बालेनले चुनाव हारेमा विजयले २८ किलोको खसी बराबरको रकम भुक्तानी गर्ने कागजमा उल्लेख गरिएको छ ।

तीनजनाको रोहबरमा भएको भनिएको कागजमा दुवै बाजीकर्ताले औठाछाप र सही गरेका छन् ।

कागज गरिएको मिति भने उल्लेख छैन । साथै सामाजिक सञ्जालमा भेटिएको यो कागजको आधिकारिकता पनि पुष्टि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर