ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ – Nepal Press

ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ

ललितपुर । ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ परेका छन् । यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएकोमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर