कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड – Nepal Press

कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड

‘एमसीसीमार्फत माओवादी जनयुद्धका उपलब्धीमाथि प्रहार गर्न खोजिँदैछ’

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेस नै सभामुख हटाउने खेलमा लागेपछि संसदमा एमसीसी सम्झौता टेबल गर्न दिइएको खुलासा गरेका छन् ।

माओवादी केन्द्रको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने स्थितिमा पुगेपछि सभामुख अग्नि सापकोटाले एमसीसी टेबल गर्न दिएको बताएका हुन् ।

कांग्रेससमेत सभामुखको विपक्षमा वेल घेराउ गर्न जाँदा देश दुर्घटनामा पर्ने भएपछि आफूहरू पछि हटेको प्रचण्डको दाबी छ । अध्यक्ष प्रचण्डले फागुन ८ गते एमसीसी पेस गर्न नदिएको भए सरकार र प्रमुख प्रतिपक्ष दुवै रोष्टममा पुगेर सभामुखको राजीनामा माग्ने अवस्था बनेको बताए ।

प्रचण्डले भने, ‘सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको हो कमरेडहरू । हामीले संशोधनबिना टेबल हुन नदिने धेरै प्रयास गरेको हो तर सकेनौं । चुनावपछि गरौं भन्दा पनि भएन । संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्ने सम्भव पनि छैन ।’

अध्यक्ष प्रचडले एमसीसीमार्फत देशमा पुनः प्रतिगमन गराउने खेल भइरहेको भन्दै एमसीसीमार्फत जनयुद्धका उपलब्धीमाथि प्रहार गर्न खोजिएको बताए । प्रचण्डले एमसीसी माओवादीले पारित नगर्ने बैठकमा बताएका प्रदेश कमिटी सदस्य तारानारायण श्रेष्ठले जानकारी दिए ।

प्रचण्डको भनाइ थियो, ‘कांग्रेससमेत सभामुखको राजीनामा माग्ने ठाउँमा पुग्न नदिन टेबल गर्न दिइएको हो । हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर सकिएन । अब टेबल भएको छ तर हामी यसको विपक्षमा मतदान गर्छौं ।’


प्रतिक्रिया

5 thoughts on “कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड

  1. जे हो शत्तामात्र हो , जनशत्ताको नाममा वा अरु कुनै ।कार्यनीति भनेको सरकारमा पुग्नु हो, जालझेल षडयन्त्र सेटिङ जे जे गर्नुछ गरेर भएपनि।लक्ष केवल र केवल तथाकथित नेतालाई पदमा विराजमान गराउनु हो, हजारौंको जीवन सार्वजनिक सम्पत्तिको ध्वंसाखान देखि विदेशीको भरियागिरी गरेर भएपनि।प्रचण्डपथ यही भाष्यको अर्को स्पष्ट सत्य नाम हो ।छर्लङ्ग पार्नुभएकोमा धन्यवाद प्रचण्डलाई ।

    1. भनेपछि राष्ट्रघाती एमसिसिभन्दा सभामुख प्याराे भयाे ? सभामुख जाेगाउन एमसपसि टेबुल गर्न दिएकाे ? यस्ता नकचराे, लाज नभएकाे दलाल पनि नेता ? हे मूर्ख केही बाँकी झाेलेहरू हाे यसलाई खुरूक्क छाेडिदेओ । याे मानव हुन लायक मानिस नै हाेईन ।

  2. सभामुख आफ्नै बिवेकले निर्णय गर्दा रहेछन् कि प्रचण्डको निर्देशन अनुसार भन्ने कुरा झनै प्रष्ट भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर