माओवादी महासचिवको आकांक्षीमा थपिए पौडेल – Nepal Press

माओवादी महासचिवको आकांक्षीमा थपिए पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा आकांक्षी पनि बढ्दै गएका छन् । अध्यक्षबाहेकका पदमा आउन प्रभावशाली नेताहरूको सक्रियता बढेको छ ।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताइरहेका उनीहरूमध्ये धेरैको नजर त्यसपछिको शक्तिशाली पद महासचिवमा देखिन्छ ।

यस्तैमा पर्छन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ।

पौडेलनिकट स्रोतकाअनुसार महासचिवका दाबी रहेको र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा रहनेछ । ‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’

पौडेल पञ्चायतकालमा तीन वर्ष र माओवादी जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका थिए । अखिल (क्रान्तिकारी) बाट विद्यार्थी राजनीति सुरू गरेका उनी संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर