एमाले महाधिवेशन : चितवनका यी सडकमा चल्ने छैनन् सवारी – Nepal Press

एमाले महाधिवेशन : चितवनका यी सडकमा चल्ने छैनन् सवारी

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो ।

पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।

ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडक खन्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर