स्वर्गीय नवीन्द्रपत्नी सपना सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा निर्वाचित – Nepal Press

स्वर्गीय नवीन्द्रपत्नी सपना सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी सक्रिय राजनीतिमा फर्किएकी छिन् ।

विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निश्क्रिय रहेकी जोशी काठमाडौं क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याइन् ।

सो क्षेत्रमा २०६४ र २०७० मा नवीन्द्रले संविधानसभा सदस्यको चुनाव जितेका थिए ।

नवीन्द्रका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उनी कांग्रेसबाट काठमाडौं महानगरको मेयरका प्रत्याशी थिए । राजुराजकी पत्नी शोभा जोशी पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर