एल साल्भाडोरले बिट्क्वाइन शहर बनाउने – Nepal Press

एल साल्भाडोरले बिट्क्वाइन शहर बनाउने

काठमाडौं । बिट्क्वाइनलाई कानुनी मान्यता दिएर पहिलो आधिकारिक ट्रेडर मुलुक बनेको एल साल्भाडरले ‘बिट्क्वाइन शहर’ निर्माण गर्ने भएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले शनिबार राति सरकारले समुद्र नजिकै ‘बिट्क्वाइन सिटी’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

बुकेलेले बिट्क्वाइन इन्थुजियास्ट्सको भेला आयोजना गरेर आफ्नो योजना सार्वजनिक गरेका हुन् । यसअघि उनले मियामीमा पनि बिट्क्वाइन इन्थुजियास्ट्सको भेला आयोजना गर्दै साल्भाडोरलाई क्रिप्टोकरेन्सीको लिगल ट्रेडर घोषणा गरेका थिए ।

बुकेलेले सार्वजनिक गरेको योजनाअनुसार २०२२ सम्ममा फाइनान्सिङ तयारी गरेर शहर निर्माणका लागि कन्स्ट्रक्सनको कार्य सुरु गर्ने बताएका छन् । एल साल्भाडोरको कोन्चागुवा भोल्कानो नजिक त्यो शहर बन्नेछ । र, त्यो शहरमा जियोथर्मल ऊर्जाको प्रयोग हुनेछ । र, बिट्क्वाइन माइनिङका लागि पनि सोही जियोथर्मल ऊर्जाको प्रयोग हुने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर