भरतपुर र माडीमा एमाले नगर कमिटीको नेतृत्व चयन – Nepal Press

भरतपुर र माडीमा एमाले नगर कमिटीको नेतृत्व चयन

चितवन । नेकपा एमालेले चितवनका भरतपुर महानगर र माडी नगर कमिटीको नेतृत्व चयन गरेको छ । १५ गते अधिवेशन उद्घाटन भए पनि ९ दिन ढिलो गरी महानगर कमिटीलाई पूर्णता दिइएको छ ।

भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन् । उनी तत्कालीन सचिव थिए । यस्तै सचिवमा टिकाराम सुवेदी चयन भएका छन् । उनी पूर्वमाओवादी नेता हुन् । पछि मनोनित गर्ने गरी उपाध्यक्ष पद खाली राखिएको छ ।

उपसचिवमा निशा अधिकारी चयन भएकी छन् । एक उपसचिव पद खाली राखिएको छ । महानगर कमिटी ११७ सदस्यीय चयन गरिएको हो । बिहीबार केन्द्रीय नेताहरुको उपस्थितिमा महानगर कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सपथ गराउने तयारी एमाले चितवनले गरेको छ ।

कात्तिक ९ गते नै नगर अधिवेशन भएको माडी कमिटीले १५ दिन पछि बल्ल पूर्णता पाएको छ । माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । ७१ सदस्यीय कमिटी ९ गतेनै सर्वसम्मत भए पनि पदाधिकारीमै २२ जना आकांक्षी बनेपछि सहमति गराउन सकस परेको थियो ।

अध्यक्षमा ४ जना आकांक्षी थिए । उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा श्रीप्रसाद दवाडी, उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले चयन भएका छन् ।

माडी कमिटीलाई २६ गते सपथ गराउने तयारी छ । ९ गते नै नगर अधिवेशन भएका कालिका र राप्ती नगरपालिका कमिटिलाई पनि २५ गते नै सर्वसम्मत गराउने प्रयास भैरहेको छ ।

रत्ननगर नगर कमिटीमा ईश्वरीप्रसाद अर्याल, खैरहनी नगर कमिटीमा पूर्णप्रसाद डल्लाकोटी, इच्छाकामना गाउँ कमिटीमा कृष्णप्रसाद सिलवालको नेतृत्वमा कमिटीहरु बनिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर