अब इन्स्टाको स्टोरीमा लिङ्क सेयर गर्न पाइने – Nepal Press

अब इन्स्टाको स्टोरीमा लिङ्क सेयर गर्न पाइने

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा वेबसाइटको लिङ्क (युआरएल) पोस्ट गर्न पाइने भएको छ । यसअघिसम्म अन्य सामाजिक सञ्जालमा जस्तो दोस्रो वेबसाइटको लिङ्क स्टोरीमा एड गर्न मिल्दैन थियो ।

इन्स्टाले बुधबार अब सबै प्रयोगकर्ताले स्टोरीमा वेबसाइटको लिङ्क राख्न पाउने घोषणा गरेको छ । यसअघि इन्स्टाका भेरिफाइड प्रयोगकर्ता र १० हजारभन्दा धेरै फलोअर भएका प्रयोगकर्ताले मात्रै यो सुविधा पाउँदै आएका थिए । यद्यपि, अन्य प्रयोगकर्ताका लागि भने यो सुविधा उपलब्ध थिएन ।

फेसबुकको स्वामित्वमा रहेको इन्स्टा युवा जमातबीच चर्चित छ । अन्य सामाजिक सञ्जालमा जस्तो पोस्टमै वेबसाइटको लिङ्क सपोर्ट गर्ने फिचर भने अझै पनि इन्स्टाग्राममा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर