माओवादीको स्थायी समिति बैठक बस्दै – Nepal Press

माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । चाँडै मन्त्रिपरिषद् विस्तार हुने भएकाले पार्टीबाट सरकारमा पठाउने नामबारे टुंगो लगाउने बताइएको छ । यसअघिको स्थायी समिति बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यसअघि दुई मन्त्रालय पाइसकेको माओवादीले थप चार मन्त्रालय पाउने भनिएको छ । माओवादीमा मन्त्रीका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live