नेपाली सेनाको रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

नेपाली सेनाको रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सेनाको जंगी अड्डामा आयोजित एक विशेष समारोहकाविच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका नेपाली सेनाले जनाएको छ ।

भदौ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै कार्कीले निमित्त बलाधिकृतको जिम्मेवारी समेत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर