चन्द्रागिरीमा भर्चुअल सम्बोधन गर्दै झलनाथले भने- जबजको युग सिद्धियो, कसैले अनुसरण गर्न सक्दैन – Nepal Press

चन्द्रागिरीमा भर्चुअल सम्बोधन गर्दै झलनाथले भने- जबजको युग सिद्धियो, कसैले अनुसरण गर्न सक्दैन

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेताका रूपमा मिर्गौला प्रत्यारोपण गर्न दिल्ली गएका झलनाथ खनाल नेकपा एकीकृतको वरिष्ठ नेताका रूपमा फर्किने भएका छन् ।

चन्द्रागिरी रिसोर्टमा बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै नेता खनालले आफू सोमबार नेपाल फर्किने बताए । उनले एमाले विभाजनलाई क्रान्तिकारी व्रिद्रोहको संज्ञा दिदै स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको आरोप लगाए ।

नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए । उनले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दावी गरे ।

खनालले भने, ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’

खनालले नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने र केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्ने बताए । उनले सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छपाएर देशभर वितरण गर्न समेत आग्रह गरे ।


प्रतिक्रिया

2 thoughts on “चन्द्रागिरीमा भर्चुअल सम्बोधन गर्दै झलनाथले भने- जबजको युग सिद्धियो, कसैले अनुसरण गर्न सक्दैन

  1. 70 करोडे सर्पको मालिकले बोलेका कुरा कत्तिनी सुहाएन।अब जबज छोड्ने रे!जाउ बरु मावोवाद तिर!मर्ने बेलामा हरियो काक्रो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर