इन्धनको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन – Nepal Press

इन्धनको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम । इन्धनमा गरिएको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।

आज विहान जनकपुरको शिव चोकमा युवा संघका कार्यकर्ताले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएकाले आन्दोलन गर्नुपरेको बताए ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २-२ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *