पेट्रोल र एलपी ग्यासको मूल्य फेरि बढ्यो – Nepal Press

पेट्रोल र एलपी ग्यासको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको निगमले जनाएको हो ।

डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिक तर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७ सय ७० प्रति किलोलिटर कायम गरिएको छ । इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको जनाइएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपि ग्याँसमा प्रति सिलिण्डर ४ सय २० रुपैयाँ ७५ रुपैयाँ घाटा रहने निगमले बताएको छ । असार ३० गते पनि आयल निगमले मूल्य बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर